nslogo
nshedr
Welecome to the web site of
Nepali Samaj UAE
       
February 18, 2012 23:26
 
         

  Nepali Samaj NEWS  
 

यूएईमा नेपाली करांते खेलाडीलाई सम्मान

अर्जुन दाहाल
फेब्रुअरी, ८   दुबई

 

संयूक्त अरब इमिरेट्स (यूएई) को दुबई स्थित अल अहली क्लबमा गत २ फेब्रुअरी देखी ४ फेब्रुअरी २०१२ सम्म सम्पन्न अलअहली अन्तराष्ट्रिय करांते ओपन प्रतियोगितामा भागलिन आएका चार नेपाली खेलाडीहरू रामबहादुर लिम्बु, बिमला तामांग, ज्योती धले र कृपा गुरुंगलाई यूएईमा सम्मान गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईले गत ४ फेब्रुअरी २०१२ मा अल अहली क्लबको एक हलमा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । सो सम्मान कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष चन्द्रबहादुर रोकाहाले नेपाली खेलाडीहरु राष्ट्रका गहना भएको र उनीहरुले नेपालको नाम विश्व भरमा चिनाउने काम गरेका र यस प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जितेर नेपालीलाई गौरवान्वित बनाएकोमा आफू खुशी रहेको बताउंदै यूएईमा बस्ने सम्पूर्ण नेपालीका तर्फबाट बधाई दिनु भयो ।


सो कार्यक्रममा उहांले खेलाडीलाई खादा तथा प्रत्येक खेलाडीलाई करांते हयान्ड ग्लोब प्रदान गर्नु भएको थियो । सोही दिन नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकाल र आदिवासी जनजाती महासंघका प्रथम उपाध्यक्ष डेरराज गुरुंग तथा सल्लाहकार पिएस लिम्बुले पनि खादा तथा प्रमाण पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

 
 
a यूएईका सामाजिक संघसस्थाले राजदूत थापालाई गरे विदाई

Thapa

अर्जुन दाहाल
जनवरी, २९ दुबई

संयूक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली सामाजिक संघसस्थाहरूले यूएईका लागि प्रथम नेपाली राजदूत महामहिम अर्जुनबहादुर थापालाई शुक्रबार २७ जनवरी २०१२ का दिन दुबईको याक एण्ड यती रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गर्दै विदाई तथा सम्मान गरे ।

नेपाली समाजको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएई -एनआरएनए एनसीसी यूएई), नेपाल पत्रकार महासंघ यूएई शाखा, नेपाली प्रवाशी संघ यूएई, नेपाली जनप्रगतिशिल मञ्च यूएई, नेपाली जन सम्पर्क समिति यूएई, लुम्बिनी वेलफेयर सोसाइटी यूएई, प्रगतिशिल यातायात मजदुर मञ्च यूएई, स्यांग्जा सहयोग समाज यूएई, गोरखा सहयोग समाज यूएई, नेपाली युथ सोसाइटी यूएई, फेवा फोर्स यूएई, बागलुंग सेवा समाज यूएई, नेपाली युथ सोसाइटी यूएई, नेपाली महिला समिति यूएई, धादिंग वेलफयर सोसाइटी, लगायतका विभिन्न संघसस्थाले संयुक्तरूपमा राजदूत महामहिम थापालाई विदाई तथा सम्मान गरेका थिए । सो समारोहमा सहभागी संघसस्थाहरूले खादा, दोसल्ला ओढाएर सम्मान गरेका थिए भने नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, नेपाली जनसम्पर्क समिति यूएई र नेपाली जन प्रगतिशिल मञ्च यूएईले सम्मान पत्र समेत प्रदान गरेका थिए ।


नेपालको राष्ट्रिय गान "सयौं थुंगा फूलका हामी एउटै माला नेपाली" का साथ सुरु गरिएको उक्त कार्यक्रममा एनआरएनए एनसीसी यूएईका महासचिव संतोष प्रसाईले उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो । नेपाली समाजका अध्यक्ष कृष्णबहादुर ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत अर्जुनबहादुर थापा रहनु भएको थियो भने विशेष अतिथिमा दूतावासका नियोग उपप्रमुख दिपकराज अधिकारी, द्वितिय सचिव लोकबहादुर थापा, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपूर्व सहसंयोजक लोकनाथ सुबेदी रहनुभएको थियो । नेपाली समाजका महासचिव प्रकाश कोइरालाले सञ्चालन गर्नु भएको सो कार्यक्रमका अन्य अतिथिहरूमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बिमल तामांग, कोअप्टेट सदस्य चुडामणी ढकाल, मिडिया टाक्सफोर्सका सदस्य खेमनाथ पौडेल, युवा टाक्सफोर्सका सदस्य गुणराज आचार्य, गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष चन्द्रबहादुर रोकाहा, नेपाली समाजका संस्थापक तथा सल्लाहकार, गैर आवासीय नेपाली संघका भूपू मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा, नेपाली समाजका सल्लाहकार एवं भूपू अध्यक्ष यम तमु, नेपाली समाजका पार्षद अध्यक्ष तुलसी तामागं, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष शंकर ज्ञवाली, आदिवासी जनजाती महासंघका कार्यबाहक अध्यक्ष महेश मोक्तान, नेपाली प्रवाशी संघ यूएईका अध्यक्ष यमलाल पंगेनी, नेपाली जन प्रगतिशिल मञ्च यूएईका अध्यक्ष उत्तम अधिकारी, नेपाली जनसम्पर्क समिति यूएईका उपाध्यक्ष खेमराज बस्नेत, लुम्बिनी वेलफेयर सोसाइटी यूएईका अध्यक्ष डिएल शर्मा, किरांत यक्थुम चुम्लुङ्ग यूएईका अध्यक्ष पिएस लिम्बु, शेर्पा किदुक यूएईका अध्यक्ष पासांग रिन्जिन शेर्पा, तमु समाज यूएईका अध्यक्ष डेरराज गुरुंग, स्यांग्जा सहयोग समाज यूएईका अध्यक्ष भुपती न्यौपाने, फेवा फोर्सका अध्यक्ष गुप्तशेखर पौडेल, नेपाली महिला समितिका महासचिव शावित्री यम्सी, गल्फ टुडेका पत्रकार इमरान मोजिब र नेपाल समाचार पाक्षिकका सम्पादक लालबहादुर ढेंगा आदि, रहनु भएको थियो ।


महामहिम राजदूत थापाले आफ्नो चार वर्षे कार्यकाल २००७ -२०११ मा यूएईमा रहेका नेपालीहरूलाई पर्न गएका समस्यासमाधानका लागि दूतावासबाट प्रदान गरिएको सहयोग साथै विभिन्न समयमा सामाजिक संघसस्थाहरू विचको स्थापित सुमधुर सम्बन्धको प्रशंसा गर्दै नेपाली समाजका पार्षद अध्यक्ष तुलसी तामांग, आदिवासी जनजाती महासंघका कार्यवाहक अध्यक्ष महेश मोक्तान, नेपाल पत्रकार महासंघ महासंघ यूएईका अध्यक्ष शंकर ज्ञवाली, नेपाली प्रवाशी संघ यूएईका अध्यक्ष यमलाल शर्मा पंगेनी, नेपाली जनप्रगतिशिल मञ्च यूएईका अध्यक्ष उत्तम अधिकारी, नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष खेमराज बस्नेत, लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डिएल शर्मा, नेपाली महिला समितिका महासचिव शावित्री यम्सी र नेपाली समाजमा आबद्ध अन्य संघसस्थाको प्रतिनिधित्व गर्दै फेवा फोर्सका अध्यक्ष गुप्त शेखर पौडेलले विदाईका शुभकामना मन्तव्य राखेका थिए ।


नेपाली समाजका संस्थापक एवं एनआरएनएका भूपू मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटाले यूएईमा रहेका सम्पूर्ण सामाजिक संघसस्थाले मिलेर संयूक्तरूपमा आयोजना गरेको यस कार्यक्रमले हामी नेपाली एक ढिक्काभएर चलेका छौं भनेर पुष्टी गरेको बताउंदै दुबईमा नै नेपालीहरूको समस्या धेरै भएकाले दुबईमा कन्सुलेट राख्नका लागि हामी सबैले एक ढिक्का भएर नेपाल सरकारसंग माग गरे सो पनि पुरा हुन सक्छ भन्दै राजदूत थापाको कार्यकालमा भएका उल्लेखनीय कार्यको प्रशंसा गर्दै बिदाई मन्तव्य दिनु भयो ।

कार्यक्रमका विशेष अतिथि एनआरनएका मध्यपूर्व सहसंयोजक लोकनाथ सुबेदीले यूएईमा रहेका बंगलादेश, पाकिस्तान, भारत, फिलिपिन्स, आदि विभिन्न मुलुकका दूतावास मात्र नभई इन्यिन क्लबका प्रतिनिधिहरूसंग भेट गर्नु पर्दा अपोइन्मेन्ट लिनु पर्ने तर नेपाली दूतावासका प्रतिनिधिहरूलाई भेट्नकालागि एकदमै सहज भएको बताउंदै नेपाली दूतावासका प्रतिनिधीहरूले नेपालीका समस्याको समाधानकालागि आफ्नो श्रोत र क्षमताले भ्याए सम्म छिटोछरीतो कार्यगरेको प्रशंसा गर्नुभयो । उहांले अन्य दूतावासमा कुनै काम गर्नु पर्‍यो भने एक दुई हप्ता लाग्ने तर नेपाली दूतावासमा विधिवतरूपमा दिएका आवेदन अनुसारका कार्यहरू गर्नु परे एक दिनमा नै फत्ते गर्ने गरेको र कुनै कुनै कामको प्रकृतिका कारण समय लाग्न सक्ने भएपनि दूतावासले यथा सक्य छिटो समाधान गर्ने प्रयास गरेको बताउंनु भयो । उहांले दूबईमा नेपाली कन्सुलेट राख्नका लागि महामिहिम राजदूतसंग आग्रह गर्दै नेपाल सरकारसंग रहेको पर्यटन बोर्डमा रहेको उद्धार कोषबाट यूएईमा रहेका नेपालीलाई पर्न गएका समस्याको समाधान गर्न आग्रह गर्दै शुभकामना मन्तव्य दिनु भयो ।

 
     
nv
Events

nsa
Nepali Samaj UAE
Anniversary -12March-2010
read more >

product image 1
Nepali Cultural Program
in UAE - Manjul
read more >

product image 2
Nepali Cultural Program
in UAE - Deepak Limbu.
read more >


v
 
Downloads
 
 

Membership Form

Complain Registration

Out Pass Making

nsbidhan

 
 
   

Home | About US | Activities & Events | Usage Form | Contact

Copyright © NSUAE.ORG All Rights Reserved

Designed & Maintain by Arjun Dahal | itp.arjun@gmail.com